दुष्यन्त चौधरी
कलैया – मध्य तराईमा दुई दिन देखि बढेको शितलहरका कारण जनजिवन कष्टकर बनेका छन् । दुई दिन देखि बढेको शितलहरका कारण बारा , पर्सा , रौतहट लगायत मध्य तराईका जनजिवन कष्टकर मै बन्दै गरेका छन् । मध्य तराईका जिल्लाहरूमा मगलबार बिहानै देखि घाम नलागेका कारण चिसो बढेर जनजीवन बनेको छ । शितलहरका कारण जनजिवन बढ्दै गएपनि स्थानीय सरकार भने शितलहरबाट बच्न कुनै चासो अहिले सम्म देखाएका छैनन् ।

 

 

 

मध्ये तराईका जिल्लाहरुमा अत्यधिक रुपमा बढेको शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । चिसो र शीतलहरले मान्छेहरु बाहिर हिँडडुल गर्न समेत सकेका छैनन् । मध्य तराईमा ह्वातै बढेको शितलहरका कारण स्थानीय सरकार भने यस विषयमा अहिले सम्म आधिकारीक धारण दिन सकेका छैनन् । चिसो हावाका कारण बाराको सदरमुकाम कलैयासँगैको बाराको अन्य मुख्य कोल्हवी , बरीयारपुर , नरही , पसौना , सपही , सिम्रौनगढ , बधुवन लगायतका बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कन समेत सर्वसाधारणलाई समस्या हुने गरेको छ । चिसो छल्न ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारी साधनमा यात्रुको चाप समेत घटेको छ ।

 

 

 

अत्यधिक चिसो बढनुको अर्को कारण केहि दिन अगाडि तराईका जिल्लाहरू वर्षा भऐकोले चिसो बढेको हुन सक्ने सर्वसाधारणको भनाई रहेको छ । अचानक चिसो बढ्दै मौसममा परिवर्तन आउँन थालेपछि दैनिक ज्याला मजदुरी गरि जिविका पार्जन गर्ने सर्वसधारणहरु पनि प्रभावित भएका छन् । चिसो र शीतलहरले गर्दा बाहिर हिँडेर काम गर्न सर्वसधारण मजदुरीलाई पनि समस्या भएको छ । चिसोले विशेषगरी बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन ।

प्रमुख जिल्ला अधिकारी तथा जिसस सभापती सिंहको भनाई एउटै स्थानीय सरकारसँग बैठक बसेर समन्वय गर्दै छौ
बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेल तथा जिल्ला समन्वय समितिका सभापती नवल किशोर सिंहको भनाई एउटै रहेको छ । हामीसँग बजेट छैनन हामीले समन्वय गर्ने मात्र गरेका बाराका प्रमुख जिल्ला अधिकारी पोखरेल तथा जिल्ला समन्वय समितिका सभापती सिंहको भनाई रहेको छ । स्थानीय तहमा प्रयाप्त रुपमा बजेट रहेको छ , हामीले समन्वय गरेको जानकारी दिए ।

 

 

जिल्ला समन्वय समितिका सभापती सिंहका अनुसार प्रत्येक महिनाको २ गते नियमित विपद व्यवस्थापनको बैठक बस्ने गरेका छौ । सोहि अनुसार बुधबार मात्र फेटा गाउँपालिकामा जिल्लाका १६ औं स्थानीयका प्रमुख तथा अध्यक्षहरुसँग बैठक बसेर बढ्दो शितलहरको विषयमा पनि केहि महत्वपूर्ण निर्णय तथा छलफल गरेका बारे जिल्ला समन्वय समितिका सभापती सिंहले जानकारी दिए ।

 

 

प्रमुख जिल्ला अधिकारीका अनुसार बैठकबाट ह्वातै बढेको शितलहरको मध्य नजर गर्दै जिल्लाको १६ औं वटा स्थानीय तहको सार्वजनिक स्थल , चोक , चौतारा , विधालय गरी ठाउँ ठाउँमा दाउराको व्यवस्थापन गर्न निर्णय गरीसकेका सुनाए । साथै केहि स्थानीय तहले भने शितलहरबाट बच्नका लागि वनसँग दाउरा लिनका लागि समन्वय गरीरहेको बताए ।

 

सिंह दरबार स्थानीय तहमा आएको कुरा कागज मै सिमित नागरिक समाजका अध्यक्ष : दास
स्थानीय तहमा सिंह दरबार आएको कुरा कागज मै सिमित भएको बारा नागरीक समाजका अध्यक्ष उमेश लाल दासको भनाई रहेको छ । सरकारले घर घरमा सिंह दरबार पु¥याउने कुरा ल्याएपनि अझै जनमानसले सिंह दरबार घर घरमा नआएको अनुभुति गरेको छ । बढ्दो शितलहरले जनजिवन कष्टकर भएकाले कति सर्वसधारणको अकाल मै मृत्यु हुन सक्ने बारा नागरीक समाजका अध्यक्ष दासले जानकारी दिए ।

 

 

देश संघियतामा गए लग्तै संघिय , प्रदेश तथा स्थानीय गरी तिन सरकार भयो । प्रत्यक्ष रुपमा सर्वसाधारण जनतासँग स्थानीय सरकारमा बहुच भएका बताए । यसरी ह्वातै बढ्ेको शितलहरका कारण जनजिवन कष्टकर बनेकाले स्थानीय सरकारले जुन हिसाबले अगाडी बढ्नु पर्ने हो त्यो गर्न सकेको बारा नागरीक समाजका अध्यक्ष दासको गुनासो रहेको छ ।

 

 

 

सर्वसाधारण जनतालाई कम्तिमा स्थानीय सरकारले भने गासँ , बास , कपास जस्ता दैनिक तथा नियमित उपयोग गर्ने कुरा छन् । त्यो व्यवस्थापन गर्न स्थानीय सरकार जुनसुकै परिस्थितीमा तयारी भएर बस्नुपर्ने कुरामा जोड दिए । जिल्लाको १६ औं पालिकाले कम्बल वितरण , स्वीटर वितरण तथा विपद व्यवस्थापन शिर्षकमा बजेट पकै पनि नछुट्याएको त हैनन् । तर सो बजेटलाई समय मै सदुप्योग गरेमा शितलहरबाट सायद कोहि कसैको अकाल मै मृत्युबाट बचाउन सकिने बारा नागरीक समाजका अध्यक्ष दासले सुनाए ।

 

 

 

 

जेष्ठ नागरीक संघ दलिय संस्था नरहेको सचिव चौधरीको भनाई
बढ्दो शितलहरका कारण जेष्ठ नागरीक संघ बाराका सचिव लक्षमी प्रसाद चौधरीको भनाई भने अर्कै रहेका छन् । संघका सचिव चौधरीका अनुसार जेष्ठ नागरीक संघ भनेको सामाजिक संस्था मात्र रहेको जानकारी दिए । खासमा बढेको शितलहरका कारण अधिकांश रुपमा जेष्ठ नागरी तथा बालबालिकाको बिरामी हुने तथा मृत्यु हुने गरेको कुरा कोही कसैसँग नलुकेको बताए ।

 

 

 

 

जेष्ठ नागरीक संघ निष्पक्ष रुपमा कुनै दलिय संस्था नरेकाले आफूहरुले विभिन्न दातृ निकायहरुसँग समन्वय गरी जेष्ठ नागरीकहरुको हकमा विभिन्न कार्यक्रम गर्दै आएका सुनाए । हामीले आफ्नै रकम हालेर भएपनि शितलहरबाट बच्न तथा बचाउ बारे सजग रहेकोे जनाए । कोहि कसैले केहि नगरेपनि जेष्ठ नागरीक संघ बाराले भने विज्ञप्ती मार्फत भएपनि बढ्दो शितलहरबाट बच्न जानकारी गराउने जेष्ठ नागरीक संघका सचिव चौधरीको भनाई रहेको छ । साथै बढ्ेको शितलहरबाट बच्न जेष्ठ नागरीकलाई बेला बेलामा तातो तातो कुरा खाना खान दिन जेष्ठ नागरीक संघका सचिव चौधरीले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here