अनिल तिवारी
सिमरा, २६ मंसिर । बाराको पथलैयामा किरात समुदायले किरात चाँड उधौली (साकेला÷तङनाम) को अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम हर्सोल्लासका साथ मनाएका छन् । किरात राई लिम्बु परिवार जिल्ला कमिटि बारा र पर्साको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो ।

 

 

 

“आफ्नो भाषा सांस्कृत र परम्पराको संरक्षण गरौँ” भन्ने मुल नाराका साथ आयोजित यस कार्यक्रममा किरात राई या योख्खाका केन्द्रिय कोषाध्यक्ष तथा नेपाल निजामती सेवाका सचिव युबराज लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लामाले आफ्नो संस्कृतीको संरक्षण गर्न सबै एक जुटभएर लाग्नु पर्ने बताए । उनले प्रदेश नम्बर १ मा किरातीहरुको बसोबास बढि भएकोले त्यस प्रदेशको नाम पनि किरात प्रदेश राख्नु पर्ने आफुहरुको माग रहेको बताए ।

 

 

 

यसैगरी कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य शोभा लामाले आफ्नो धर्म र भाषाको संरक्षणमा अहिलेको युवा पुस्ता त्यती नलागेको बताउदै अबको दिनमा भाषालाई जीवीत राख्न सबैमा अपिल गरेकी थिईन् । उनले आफुभएको स्थानमा समेत आफुले आफ्नो भाषा र धर्मको बारेमा सरकारको ध्यानाकर्षण गराउने कार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकी थिईन् ।

 

 

 

किरात राई या योख्खाका अध्यक्ष सुरेस कुमार राईको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, नेपाल आदिबासी जनजाती जिल्ला समन्वय परिषद बाराका अध्यक्ष रामदास धौजु लगायतको उपस्थिती रहेको थियो । यस अवसरमा पथलैयामा यस समुदायले आफ्नो संस्कृती झल्कने नृत्यका साथै भाज कार्यक्रमको समेत आयोजना गरेको थियो । भने कार्यक्रममा उपस्थित प्रमुख अतिथी, बिशिष्ठ अतिथी र अतिथीहरुलाई मायाको चिनोले सम्मानित गरीएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here