निजगढ,इलाका प्रहरी कार्यालयले निजगढ नगरपालिका वडा नम्बर १२ र १३ मा करिव १ बिघा क्षेत्रफलमा लगाइएको गाँजा सोमवार फडानी गरेर नष्ट गरेको छ ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयका निरीक्षक सन्जिव ओली र सशस्त्र प्रहरी बेस क्याम्प निजगढका प्रहरी उपरीक्षक जगनाथ खडकाको नेतृत्वमा गएको प्रहरी टोलीले वडा नम्बर १२ को रामाथली र वडा नम्बर १३ को भक्तलाल तथा चुहारमा लुकिछिपी १८ कठ्ठा ऐलानी जमिनमा लगाइएको गाँजा फडानी गरेर नष्ट पारेको हो ।

Leave a Reply