मनहर्वा,कोल्हबी नगरपालिका वडा नम्बर १० मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड अमावको ९औं बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।अमाव मठ परिसरमा आयोजित सभाको कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरीले उदद्धाटन गर्नु भएको थियो । प्रमुख अतिथि चौधरीले साना किसान सहकारीले महिलाहरुलाई संगठित गरी चलाएको अभियान उत्कृष्ट पाइएको बताउनुभयो ।कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, उपाध्यक्ष नयनकला खड्का, कृषि ज्ञान केन्द्र बाराका बाली संरक्षण अधिकृत राजनारायण साह, कोल्हबी नगरपालिका वडा नम्बर १० का अध्यक्ष कुञ्जविहारी चौधरी, साना किसान हरैयाका अध्यक्ष रामलखनप्रसाद चौधरी, ईनर्वासिराका प्रबन्धक झपेन्द्रराज बराल लगायतकाले बोल्नु भएको थियो ।सहकारीले ६ सय ५० जना सदस्यसँग करिब ४ करोड ५० लाखको कारोबार गर्दै आएको जनाएको छ । सभाले गत आर्थिक वर्षमा गरेको १५ लाख मुनाफाबाट सदस्यलाई १६ प्रतिशतका दरले लाभाशं वितरण गर्ने निर्णय पनि गरेको संस्थाको प्रबन्धक चित्रसेन चौधरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here