पुष्पराज खतिवडा
बारा
४ असोज २०७८
कक्षा १२ को बार्षिक परिक्षा देशभरी भौतिक उपस्थीतिमा भैरहेको छ । कोरोना महामारीका विच भैरहेको कक्षा १२ को परिक्षा बारामा पनि शान्तीपूर्ण रुपमा भैरहेको शिक्षा विकास तथा समन्वय ईकाइ बाराले जनाएको छ ।
जिल्लामा सोमबार चौथो दिन केमेस्ट्री तथा अकाण्ट विषयको परिक्षा चलिरहेको समन्वय ईकाई प्रमुख वृजकिशोर साहले जानकारी दिनु भयो । सम्बन्धीत विद्यालयहरुमै होमसेन्टर तोकिएपछि परिक्षा लिने शिक्षक , परिक्षा दिने विद्यार्थी र तीनका अविभावकहरुले सहजना महसुस गरेका वहाँको भनाई छ । आफुले बढेको विद्यालयमा परिक्षा भएकाले राम्रो गर्न सकिने अपेक्षा रहेको परिक्षामा सहभागी विद्यार्थीले बताए ।
कक्षा दशको बार्षिक परिक्षाको सम्पूर्ण जिम्मेवारी आफ्नो कार्यालयको हुने तर ११ र १२ कक्षाको परिक्षा राष्ट्रिय परिक्षा बोर्डले लिने र आफ्नो कार्यालयले अनुगम मात्रै गर्दै आएको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख साहले बताउनु भयो ।
जिल्लाका ५७ विद्यालयलाई होम सेन्टर तोकि परिक्षा संचालल भैरहेका हो । बारामा नियमित तर्फ २ हजार ९७२ र पुनः परिक्षामा दिने ५०४ गरी जम्मा ३ हजार ४७६ जना छात्रछात्रा परिक्षामा सहभागी रहेको राष्ट्रिय परिक्षा बोर्ड हेटौंडा कार्यालयले जनाएको छ ।
कोरोना महामारिका विच सरकाले सम्बन्धीत प्लस टुलाईनै होम सेन्टर तोकी परिक्षाको ब्यवस्था मिलाएको परिक्षा बोर्डका उपसचिब कृष्ण घिमिरेले बताउनु भयो । देशभर परिक्षा शान्तीपूर्ण र मर्यादित ढंगबाट भैरहेका वहाँले जानकारी दिनु भयो ।
जिल्लाका १६ पालिका मध्य १३ वटा पालिकामा मात्रै कक्षा १२ को परिक्षा भैरहेका छन् । सबै भन्दा बढी १७ वटा विद्यालयल जीतपुरसिमरा र १३ वटा कलैया उपमहानगरपालिका परेका छन् । त्यसै गरी सबै भन्दा कम १/१ सिम्रौनगढ र पचौता नगरपालिका तथा आदर्श कोतवाल गाउँपालिकामा रहेको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय बाराले जनाएको छ ।
त्यस्तै निजगढ नगरपालिका ६, कोल्हवी नगरपालिका ४,महागढीमाई नगरपालिका ३,प्रसौनी गाउँपालिका २,फेटा गाउँपालिका २,सुवर्ण गाउँपालिका २,करैयामाई गाउँपालिका २ र परवानीपुर गाउँपालिकाका २ परिक्षा केन्दमा परिक्षा भैरहेका शिक्षा विकास तथा समन्वय ईकाइ बाराका ईकाई प्रमुख साह जानकारी दिनुभयो ।
विश्रामपुर ,देवताल र बारागढी गरी ३ वटा गाउँपालिकामा उच्च मावि छैन । उच्च मावि नभएकाले परिक्षा केन्द्र समेत नभएको वहाँले बताउनु भयो । यहाँका छात्रछात्रा नजिकैका अन्य पालिकाका विद्यालयमा सहभागी भएका छन् , ईकाई प्रमुख साहले जानकारी दिनु भयो ।