सिमरा –  संविधान सभा सदस्य एवम नेकपाका नेता शोभाकर पराजुलीले बारामा निर्माण हुन लागेको अन्तराष्ट्रिय विमान स्थलको काम कहि कतैबाट प्रभावित भए त्यसको सम्पुर्ण जीमेवारी तिनै तहको सरकारलाई जाने बताउनुभएको छ ।

 

 

जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै नेता पराजुलीले बारामा बन्न लागेको अन्तराष्ट्रिय विमान स्थल निर्माण कार्यलाई प्रभावित हुने खेल भैरहेको र यसमा राज्य पक्ष नै मौन बसेकोले विमान स्थल निर्माण कार्य रोकिय यसको जीमेवार तिनै तहको सरकार हुने आरोप लगाउनुभएको हो ।

 

 

उहाँले विकासका लागि मानिसलाई हैन बनको बिनास नै गर्नुपर्ने भएकोले आवश्यक्ता अनुसारको रुख काटेर जति सक्यो विमान स्गल निर्माण गर्ने वातावरण बनाउन सरकारसंग माग गर्नुभएको छ । बारामा बन्ने अन्तराष्ट्रिय विमान स्थलले अन्य राष्ट्रबाट आउने मालबाहक बस्तुको आयातलाई सस्तो बनाउने भएकोले यसले यस जील्लाका साथै प्रदेश र राज्यकै आर्थिक विकासमा मदत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

 

 

प्रेस युनियन बाराका अध्यक्ष गणेश रिजालको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्राकार महासंघ प्रदेश नम्बर २ का सचिव गुरुप्रसाद गौतम, प्रदेस सदस्य सिकिन्द्र पासवान, नेपाली कांग्रेसका कृष्णब्रत सिहं, छविलाल शर्मा, पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष लक्ष्मि साह, पत्रकार महासंघ बाराका सचिव महेश्वर अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply