सिमरा – बाराको सिमरामा महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेकपा निकट अखिल नेपाल महिला संघ जितपुरसिमरा उपमहानगर कमिटीको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरकृया कार्यक्रममा समाजमा ब्याप्त महिला हिसां र यसको समाधानमा खेल्नुपर्ने भुमिकाको बारेमा उपस्थित बक्ताहरुले प्रकाश पारेका थिए । हाल समाजमा अशिक्षाका कारण महिला हिसां बढेकोले महिलालाई साक्षर बनाउदै आत्म निरभर बनाउने कुरामा समेत सबैले जोड दिएका थिए ।
कमला अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेस सभा सदस्य ज्वाला साह ,केन्द्रीय सदस्य दिनेस राइ, जिल्ला सचिब तथा प्रदेस नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर बिक, प्रदेस सभा सदस्य सिता गुरुङ, प्रदेस कमिटी सदस्य गिता कंडेल, नेकपाका नेता देबनारायाण चौधरी, नेकपाका नेता तथा जितापुरसिमरा सार्बजनिक सरोकार समितिका सम्योजक मनोज पौडेल, जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती चौधरी, जिल्ला कमिटी सदस्य बिध्या थापा, शोभा कार्की, सरिता राइ, लक्ष्मी नेपाली, नेकपाका नेताहरु भोला अधिकारी, कमला घिमिरे, वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठको उपस्थिती रहेको थियो ।
गोमा बास्कोटाको सहजीकरणमा सम्पन्न कार्यक्रममा सुकुमाया वाईवाले स्वागत मन्तब्य राख्नुभएको थियो ।