नरेश गुप्ता , मंसिर १ ।  बाराको श्री गढीमाई महेन्द्र  प्राबिधिक  नमुना  बिधालयको कक्षा ८ मा अध्यनरत  छात्राहरुलाई साईकल  बितरण गरिएको छ । प्रदेश न २ सरकार बाट प्राप्त अनुदानबाट  ७० वटा साईकल  बितरण गरिएको  बिधालयको प्रधानाध्यापक  रामएकबाल साहले बताए ।
साईकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष  सुदामा साह कानुले  बेटि बचाउ बेटि पढाउ , प्रदेश न २ को महत्वाकांक्षी योजनालाई धन्यबाद दिदै  छात्राहरुको पढाइ प्रतिको भावना बढेको वहाले बताए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै बिधालय ब्यवस्थापन समितिको  अध्यक्ष  दिपप्रकाश गुप्ताले छात्राहरुको मनोबल बढाउन साईकल बितरणले निकै सहयोग  पुग्ने बताए ।
आर्थिक अवस्था कमजोर  भएको छात्राहरुलाई साइकल  बितरणले सहयोग पुगेको बताउनु भयो ।  सो अवसरमा  प्रदेश न २ को सरकार बाट प्राप्त अनुदानबाट ७० जना छात्राहरुलाई साईकल  बितरण गरिएको थियो । बिधालयको प्रधानाध्यापक  रामएकबाल साहको अध्यक्षतामा समपन साईकल  बितरण समारोहमा बिधालयको कर्मचारी ,शिक्षक ,बिधार्थिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply