पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको छ । सिमरास्थित सुर्य नेपाल अगाडि आफैले चलाएको मोटरसाइकल आइतवार दिउसो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मेयर पौडेलको खुट्टामा चोट लागेको छ । सिमरास्थित अल्पाईन अस्पतालमा उपचार गराएर मेयर पौडेललाई घर लगिएको छ । चिकित्सकका अनुसार उहाँको अवस्था सामान्य छ ।
सिमराबाट बजनीस्थित घरतर्फ जाँदै गर्दा मेयर पौडेल चढेको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको बा ९च ७५७४ नम्बरको कारसंग ठोक्किएको थियो । दुर्घटनामा परी मोटरसाइकलमा भने क्षति पुगेको छ ।