नरेश गुप्ता

बरियारपुर,पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारीमा मुस्लिम समुदायकी एक महिलालाई बोक्सी आरोपमा दुव्र्यवहार गर्नुको साथै कुटपिट गरिएको छ ।

पचरौता नगरपालिका वडा नम्बर ५ निवासी ओसी अख्तर अंसारीकी श्रीमति वर्ष ३५ की जयदा खातुनमाथि सोमवार दुव्र्यवहार तथा कुटपिट गरिएको पिडीत जयदा खातुनले कृपा दैनिकलाई जानकारी गराउनुभयो । पिडीत अख्तरको खेतबाट माटो निकालेर लैजाने प्रयास गरेको र रोक्न खोज्दा उल्टै बोक्सी भनेर स्थानीय नसुर्दिन मिया अंसारी, फुलमहमद अंसारी, तबरेज अंसारीसहितको समुहले खातुनमाथि कुटपिट र दुव्र्यवहार गरेको पिडीत महिलाले बताउनुभएको छ । उनीहरुले खातुनलाई कपाल मुन्डन गर्न लगाएर कुटपिट गरि गम्भीर घाइते बनाएका छन । खातुनलाई जोगाउन जानुभएकी भाउजू सकिना खातुन समेतलाई कुटपिट गरी घाइते तुल्याइएको छ ।

घाइते दुबै जनाको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बोक्सी आरोपमा कुटपिट गरि घाइते बनाएको घटनाका दोषिलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here