निजगढ,बाराको निजगढस्थित सिंगौलमा सोमवार दिउसो भएको आगलागीबाट एउटा घर जलेर नष्ट हुनुको साथै करीव १५ लाख बराबराको धनमाल जलेर क्षति भएको छ ।ईलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहाका अनुसार निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलको अटलबस्तिका लिलाधर सापकोटाको घरमा दिउसो १ः३० मा आगालागी भएको हो । आगलागीबाट घरगोठ जलेर नष्ट हुँदा १५ लाख रुपैया बराबरको धनमाल क्षति भएको उहाँले जानकारी दिनुभयो ।

भैसीलाई कुडो पकाउन बालेको आगो सल्किएर अचानक आगलागी हुँदा घरगोठमा राखिएको अन्नपात, लत्ताकपडा, भाडाबर्तन र काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीको खबर पाए लगत्तै अस्थायी प्रहरी पोष्ट सिंगौल र ईलाका प्रहरी कार्यालय निजगढको प्रहरीसंगै सशस्त्र प्रहरीको विपद वेस क्याम्प निजगढबाट गएको सुरक्षाकर्मीको टोली, स्थानीय र निजगढ नगरपालिकाको दमकलको मद्दतमा दिउसो २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।आगलागीबाट मानवीय क्षति नभएको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिनुभयो ।
















