सिमरा,बाराको पथलैयाका युवाहरुले यस वर्षको श्री कृष्ण जन्माष्ठमी भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।

शुक्रवार परेको श्री कृष्ण जन्माष्ठमी पथलैयाका युवाहरूले ‘श्री कृष्ण जात्रा २०७९’ भव्यताका साथ आयोजना गरी मनाउन लागेका हुन् । प्रत्येक वर्ष आयोजना हुँदै आएको यो जात्रा कोरोनाकालको समयमा भने २ वर्षसम्म आयोजना नभए पनि यस वर्ष आयोजना हुँन लागेको आयोजक द योङ्ग नीतिले जनाएको छ ।

कार्यक्रममा नयाँ गोरेटो पथलैया, दिब्य ज्योति क्लब, श्री कृष्ण युवा क्लब पथलैया, युवा जागरण क्लब, लायन्स क्लब युथ अफ सिमराको सहयोगमा आयोजना हुन लागेको हो । कार्यक्रममा राष्ट्रियस्तरका प्रशिद्ध कलाकारहरुले आफ्नों प्रस्तुति गर्ने जनाइएको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा राष्ट्रिय कलाकारहरु र्यापर मिस्टर डि.(कल्याण आले), लोकप्रिय गायिका शोभा त्रिपाठी, बिक्ड भिक्टीम नेपाल ब्याण्ड, द पनाम ब्याण्ड, द योङ्ग निति ब्याण्डका साथै आकर्षक नृत्य र स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । श्री कृष्ण मन्दिरको प्राङ्गण पथलैयामा शुक्रवार दिउँसो ३ बजेबाट शुरु हुने संस्कृतिक कार्यक्रममा पथलैयाका साथै सिमरा, जीतपुर, निजगढ, अमलेखगंज, डुमरवाना आसपासका स्थानीयहरुको उल्लेख्य सहभागीता रहने आयोजकले जनाएको छ ।

Leave a Reply