नरेश गुप्ता,

बरियारपुर,लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले नयाँ दल दर्ता गर्नुको अर्को विकल्प नरहेको बताउनु भएको छ ।

बाराको कलैयामा लोसपा जिल्ला कार्यसमिति पार्टी भवनको उद्धघाटन गर्दै अध्यक्ष ठाकुरले नेपाली जनताले पाएको संविधान अझै परिमार्जनको खाँचो रहेको बताउनुभयो ।

मधेसी जनताको हकहितको लागि एकजुट भएका मधेसी दलका केही नेताहरूको निजी स्वार्थका कारण विभाजना भएको बताउनुभयो । देशमा विद्यमान महंगी, भ्रष्टाचार अनियमितताले राष्ट्र नै खुकुलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ठाकुरले चुनाव नै अन्तिम विकल्प रहेको बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी जिल्ला कार्यसमितिको भवन उद्धघाटन कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक विकास पूर्वमन्त्री जितेन्द्र सोनल, जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवलकिशोर सिंह, पचरौता नगरपालिकाकी उपप्रमुख ईन्दुदेबी, जिल्ला प्रवक्ता अरुण सिह, समासेवी बिनोद यादवलगायत जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here