हेटौंडा, नेपालमा बिस्तृत शान्ति संझौता भएको १८ बर्ष पूरा भएको अवसर पारेर मंगलबार हेटौंडामा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरले बिस्तृत शान्ति संझौताको अवसरमा द्वन्द पीडित सिमान्तकृत,एकल महिला,प्रहरीबीच लैगिकतामा आधारित हिंसा सम्बन्धी अन्तरकृया तथा छलफल कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले शान्ति संझौता भएको लामो समयपछिपनि द्वन्दको यौनहिंसामा परेकाहरुको न्यायका सवालमा ठोस कदम नचालिएको भन्दै चिन्ता जनाएका छन् । कार्यक्रममा बोल्दै सो समूह बागमती प्रदेशकी उपाध्यक्ष रुकुअधिकारीले एकल महिलाहरु अझैपनि धेरै कुरामा पछाडी रहेको,पारिएको बताउनुभयो । मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरकी अध्यक्ष शारदा चौलागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मानवअधिकारकर्मी कृष्ण मिश्र,इन्सेक प्रतिनिधि गणेश भण्डारी, महिला कर्मचारी मन्दिरा थापा लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रम अप्सरा अर्यालको संचालनमा सम्पन्न भएको हो ।



















