हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै पर्ने गरेका छन् । चालु आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा पनि सरकारवादी फौजदारीमा सवै भन्दा धेरै मुद्धा परेका छन् । उच्च अदालत पाटन हेटौंडा इजलासमा मकवानपुर र चितवन जिल्लाको मुद्धा आउने गरेको छ ।

 

 

त्यस मध्यमा सबै भन्दा वडी सरकारवादी फौजदारीमा चालु आर्थिक वर्षको साउन महिना देखि कार्तिक २० गते सम्ममा अरु मुद्धाको तुलनामा सबै भन्दा वडी सरकारवादी फौजदारीमा १ सय ३३ वटा मुद्धा परेका छन् ।

 

 

सरकारवादी मुद्धामा बितेको आर्थिक वर्षमा जिमेवारी सरेर १ सय २५ वटा आएको छ । चालु आर्थिक वर्षको कार्तिक २० गते सम्मा यस अन्तरगत २ सय ५८ वटा मुद्धा रहेको उच्च अदालत पाटन हेटौंडा इजलासका रजिष्टार विकास श्रेष्ठले जानकारी दिनुभयो । त्यसपछी दुनियावादी देवानीमा जिमेवारी सरेर आएकमो समेत गरी १ सय ४४ वटा, दुनियांवादी फौजदारीमा ८९ वटा, वाणिज्यमा ६१ वटा, निषेधाज्ञामा २१ वटा, परमादेशमा ९ वटा मुद्धा परेको उहांले जानकारी दिनुभयो ।

Leave a Reply