बाराको सिम्रौनगढमा हालै मालपोत काार्यलयको सेवा बिस्तार भएपछि त्यसको बिरोध भएको छ । सेवा बिस्तारको चौतर्फी विरोध भएको जस्तो देखिएको छ । महागढीमाई सहित कलैयामा समेत प्रर्दशन भएको छ । सिम्रौनगढमा मालपोत कार्यालय बिस्तार गरेपछि यसको विरोध कलैयामा समेत भइरहेको छ । त्यसो त कलैयामा मालपोत कार्यालय यसैपनि छ ।
आम नागरिकहरुका लागि नै भनेर स्थापना गरिने यस्ता कार्यालय अनि जिल्लाको दुर्गम भेगमा बिस्तार गरिने यस्ता कार्यालयका सवालमा किन विरोध गर्नुपर्यो मुल प्रश्न योहो । बरु पायक पर्ने अन्य स्थानमा समेत यस्ता कार्यालयहरु संचालनमा ल्याउन भने आवश्यक छ । सबैलाई थाहा छ,सिम्रौनगढ ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण स्थान भएपनि एक प्रकारले बिकट नै छ ।
अनि बिकट ठाउँमा सरकारी कार्यालयको सेवा पुग्दा किन विरोध र आपत्ति ?बरु महागढीमाई लगायतका स्थानमा भने सेवा स्थापना गर्न आवश्यक छ । बाराका अन्य स्थानीय तहरुमा पनि सरकारी सेवाहरु बिस्तार गर्न आवश्यक छ । सरकारी सेवा बिस्तारको बिषयमा विरोध नगरौं भने आफूलाई पायक पर्ने स्थानको माग गरौं ।