तराई मधेसका नागरिकहरुको मात्र नभइ देशकै जीवनसंग जोडिएको र राष्ट्रिय गौरवको आयोजना तराई मधेस फाष्ट ट्र्याक अथवा द्रुर्तमार्ग निर्माण कार्य शुरु भएको पनि अब दशक पुग्नै लग्यो भन्दा पनि हुन्छ । शुरुमा सरकारले अर्को नै तरिकाबाट यो मार्ग बनाउने योजना गरेको भएपनि त्यसमा असफल भएपछि अहिले यसको निर्माणको व्यवस्थापकीय जिम्मेवारी नेपाली सेनाले लिइरहेको छ । सेनाले यो मार्ग निर्माणको जिम्मा लिएपछि भने बाटो बन्नेमा आशा पलाएको हो । अहिले निर्माण भइरहेका भौतिक संरचना र प्रगतिले पनि अब यो बाटो बन्नेमा आशा गर्ने ठाउँ देखिएको छ ।
यद्यपि पूर्णविश्वस्त हुने अवस्था भने अझै पनि आइसकेको छैन । किनभने जसरी र जुन रफ्तारमा यो बाटो बन्नु पर्ने थियो, त्यसरी बन्न सकेको छैन । यसो हुनुमा बनाउने जिम्मा लिएको सेना दोषी नहोला मुख्य त फेरि यसको अपजसको भागीदार त सरकार नै हुन्छ नै तैपनि सरकार मात्र पनि दोषी छैन । नागरिक स्तरबाट यो मार्ग बनाउनका लागि कत्तिको सहजीकरण गरिएको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । कतिपय स्थानमा स्थानीयको पनि अवरोध छ । सबैका लागि हित हुने विकासको यस्तो महत्वपूर्ण कार्यमा अवरोध गर्नहुन्न ।
शुक्रवार मात्रै राष्ट्रपति र उहाँका पत्नीले यो मार्गको अवलोकन गर्नुभएको छ । सेनले राष्ट्रपति रामचन्द्र पौडेललाई यो बाटोको प्रगति लगायतका विषयमा जानकारी दिएको छ भनेपछि राष्ट्रपतिले नै चासो दिएपछि बाटो चांडै वा तोकिएको समयमा बन्ला कि भन्ने आश पनि गर्न सकिएला तर फेरि नेपालका हालका राष्ट्रपतिको भूमिका कार्यकारी नभएका कारण उहाँको चासोले काम कतिको गर्ला भन्ने पनि होला तर यो मार्ग बनाउना लागि सबैको साथ आवश्यक छ र सबै अप्ठेरा हटाउन आवश्यक पनि छ ।