दुष्यन्त चौधरी
कलैया, २४ कार्तिक । कलैयाको बिकास अब कोहि कसैले रोक्न नसकिने प्रदेश नम्बर २ का माननीय अर्थ राज्यमंत्री उषा कुमारी यादवले एक कार्यक्रमबिच जानकारी दिए । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कलैयाको भवन शिलान्यास कार्यक्रमको प्रमुख अतिथी रहेको प्रदेश नम्बर २ का माननीय अर्थ राज्यमंत्री यादवले यस्तो बताए । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका निर्देशक परम आदरण्ीय राज दिदिको अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको थियो । गोपाल अग्रवालले तिन कठ्ठा जग्गा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयालाई भवन निर्माण गर्न दिएका हुन् ।
कार्यक्रमा नेपाली काँगेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरी , निर्वाचन क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य ज्वाला कुमारी साह, निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य पारस साह, जिल्ला समन्वय समितिका सभापती नवल किशोर सिंह, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
यता ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले छपकैया स्थित पोखरी परिसरमा राजनितिक तथा समाजसेवी वर्गहरुका लागि मनको शान्तिका लागि राजयोग शिविर कार्यक्रम सुरु भएका छन् । वरिष्ठ जीवन प्रबन्धन विशेषज्ञ एवं तनाव प्रबन्धन विशेषज्ञ ब्रह्माकुमार विजय राज सिग्देलले प्रशिक्षण दिएका थिए ।
सो अवसरमा प्रशिक्षण कार्यक्रमको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्बर २ का माननीय अर्थ राज्यमंत्री उषा कुमारी यादवले सर्वत्र नारी माथि शोषण र विभेद भईरहेको अवस्थामा ब्रह्माकुमारी संस्थाले आध्यात्मिक जागरणको माध्यमबाट विश्व स्तरमा नै नारी सशक्तिकरण र मानवको समुत्थानको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी दिए ।
आईतबार देखि सुरु भएको शिविर २६ गते बिहान र बेलुकी २ सेसनमा संचालन हुनेछ । यसैगरी बेलुकी ४ बजे देखि ६ः३० बजे सम्म पनि माननीय सांसद प्रदीप यादवको प्रमुख आतिथ्यमा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घले द्धारा तनाव मुक्त खुशीयाली जीवन र समृद राष्ट्रका लागि राजयोग शिविर सम्पन्न भएको छ ।
सो अवसरमा प्रमुख अतिथि यादवले विश्वका गाउँ, शहर कुना कुनामा आफ्नो आध्यात्मिक एवं चारित्रिक शिक्षा मार्फत मानव समाजमा शान्ति, प्रेम र भाइचाराको स्थापनाका लागि अहोरात्र लागि परिरहेको ब्रह्माकुमारी संस्थाले वीरगंज नगरमा पनि नगरबासीहरुको चारित्रिक तथा नैतिक उत्थानका लागि दशकौ देखि निकै महत्वपूर्ण योगदान पुर्याउँदै आएकोमा आफू लगायत् सम्पूर्ण वीरगंज निवासीहरु आभारी रहेको बताए । साथै आगामी दिनहरुमा पनि यस्तै सार्थक कार्यक्रमहरु गरिरहन आग्रह गरेका थिए ।