नरेश गुप्ता

बरियारपुर,महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले छात्राहरुलाई सशक्तीकरण गर्न र ईच्छा शक्ति बढाउन साइकल वितरण गरिएको बताउनु भएको छ ।

महागढीमाई नगरपालिका वडा नम्बर ५ स्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई एक कार्यक्रमबीच साइकल वितरण गर्दै नगर प्रमुख यादवले बुधवार सो कुरा बताउनु भएको हो । शिक्षाप्रतिको ईच्छा शक्ति बढाउन र महिलाहरुलाई सशक्तीकरण गर्न नगरपालिकाले हरेक वर्ष बजेट बिनियोजन गरि साईकल वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा विद्यालयमा अध्ययनरत ५१ जना छात्राहरुलाई साईकल वितरण गरिएको थियो । नगर प्रमुख यादवले नगरभित्रका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्ने र विद्यालयलाई बालबालिका र शिक्षामैत्री बनाउन पनि आग्रह गर्नु भएको थियो । विद्यालयलाई राजनीतिक अखडा बनाउने शिक्षकलाई कारबाही गर्ने चेतवानी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्र जैसवाल, विद्यालयका प्रधानाध्यापक आशवनी ठाकुर, समाजसेवी अंगत पाण्डे लगायत अभिभावकहरुको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here