कृपा संवाददाता
बारा – भिजिट नेपाल २०२० भ्रमणको क्रममा  काठमाडौको साईकललिस्ग्टहरु गढीमाईमा मंगलबार  पुगेका छन । काठमाडौको पशुपति बाट साईकलमा यात्रा  गरेको उनिहरु सिन्धुलीको बाटो भएर बाराको गढीमाईमा दर्शन  गर्न पुगेको थिए । भिजित नेपाल  २०२० मा सबैभन्दा  बढी बाहिरी  प्रयटक नेपाल भितृयाउने उदेश्यले साईकल यात्रा शुरु गरेकी अभियानको लक्ष्मी श्रेष्ठले बताईन। बाराको गढीमाई बरियारपुर पुग्न उनिहरुलाई दुई दिन लागेको उनले बताईन ।

 

 

काठमाडौ  देखि साईकलमा यात्रा गरेका ९ जना टोलि जनकपुर हुँदै  गढीमाई मन्दिरमा आईपुगेको थियो । नेपालको प्रतटन क्षेत्र संग जोडिने यस्ता धार्मिक प्रयटकिय क्षेत्रहरुको अवलोकन तथा निरिक्षण गरेको अर्का साईकल यात्राको अभियानकर्ता अजित श्रेष्ठले बताए ।  साईकल  यात्रा टोलिमा  लक्ष्मी श्रेष्ठ , अजित श्रेष्ठ ,न्प्रविन शार्मा ,न्सुनिल शाकय सुरेश श्रेष्ठ  संतोष श्रेष्ठ , उमेश श्रेष्ठ लगायत रहेको थिए ।

Leave a Reply