सिमरा,भियतनामको दा नाङमा सम्पन्न १९औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा बाराका दुई जना खेलाडीले रजत पदक जितेका छन् ।इन्टरनेशनल क्लब तेक्वान्दो अर्गनाइजेसनले आयोजना गरेको च्याम्पियनसिपमा बाराका निश्चल धामी र सुदिप नेपालीले पदक जितेका हुन् ।धामीले ४८ केजी र नेपालीले ४५ केजी तौल समूहमा पदक जितेका हुन् । फाइनल भिडन्तमा धामी मलेसिया र नेपाली भियतनामका खेलाडीसंग पराजित भएका थिए ।प्रतियोगितामा सहभागी हुन नेपाल तेक्वान्दो संघसंग सम्बद्ध सिमरा तेक्वान्दो डोजाङ्का दुई जना खेलाडी भियतनाम गएका थिए । टोलीसंगै भियतनाम गएका नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामाले दुई जना खेलाडीले पदक जितेसंगै अन्तर्राष्ट्रिय अनुभव बटुल्न सफल भएको बताउनुभयो ।नेपाली टोलीमा तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठ, बिजय शाह ठकुरी, सिमराका युवा समाजसेवी श्यामबाबु गुप्तालगायत सहभागी छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here