नरेश गुप्ता
बरियारपुर,ईलाका प्रहरी कार्यालय सिमराले ११ किलो ५ सय ग्राम चाँदीको गहनासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यलय सिमराबाट प्रहरीले विशेष सूचनाको आधारमा खटेको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित नेपाल टेलिकम चोकमा वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ३३ प ८५२६ नम्बरको मोटरसाइकलको तेल ट्यान्कीभित्र लुकाइएको अवस्थामा चाँदीको तयारी गहनासहित भारत बिहार मोतिहारी ढाका निवासी वर्ष २३ का सुनिल गुप्तालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
प्रहरीले पाउजु, हातमा लगाउने बाला लगायत करिव १२ लाख ४२ हजार ९ सय ७३ रुपैया मूल्य बराबरको गहना बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको गुप्तालाई आवश्यक अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।