नेकपा एमालेको एघारौं महाधिवेशन शनिबारबाट शुरु भएको छ । भक्तपुरको सल्लाघारीमा शनिबार निकै तामझामका साथ एमालेको अधिवेशन सोही पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको छ ।एमाले त्यही पार्टी हो,जो जेनजी आन्दोलन हुने समयमा सरकारको नेतृत्व गरिरहेको थियो र केपी ओली त्यही पात्र हो, उसले सरकारको नेतृत्व गरिरहेका थिए । जेनजी आन्दोलपछि जे भएपनि महाधिवेशन गर्ने एमाले पहिलो पार्टी बनेको छ ।
हरेक पार्टी रुपान्तरण होस् र नेतृत्व युवा पुस्तामा आओस् भन्ने चाहना र जेनजी आन्दोलनको मुख्य उद्देश्य पनि हो ।
तर, यसमा अरु पार्टीमा बहस भएको भएपनि एमाले अगाडि बढ्यो र उसले शनिबारबाट महाधिवेशन पनि शुरु गरेको छ । एमालेको भाषामा शनिबार उसले काठमाडौंमा नै भनौं न शक्ति प्रदर्शन गरेपनि उसले काठमाडौंमा कत्ति मान्छे उतारेको छ त्यो त बिस्तारै सार्वजनिक होला नै तर एमालले समयमा नै गरेर महाधिवेशनमार्फत नेपाली राजनीतिमा केही सन्देश दिन खोज्दैछ ।
यद्यपि कुरा नेतृत्वमा गएको छ । जेनजी वा पछिल्लो पुस्ताले हरेक पार्टीको नेतृत्व परिवर्तन होस् भन्ने पक्षमा छन् तर एमाले यसमा सहमत छैन र केपी ओलीलाई नै अध्यक्ष बनाउने पक्षमा एमालेका केही नेता कार्यकर्ता र स्वयम् केपी ओली पनि मैदानमा उत्रनुभएको छ तर विकल्पको कुरा पनि आएको छ । अब शनिबारबाट शुरु भएको एमालेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ अब हेरौं, फेरि केपी नै आउनु हुनेछ वा ईश्वर पोखरेलले बाजी मार्नु हुनेछ । त्यसका लागि केही दिन कुर्न चैं आवश्यक छ ।
















