राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा बिहिवार निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।धोबिनी गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिबिरको उद्घाटन गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले आफ्नो आँखा चेकजाँच गराई गर्नुभएको थियो ।नारायणी आँखा अस्पताल वीरगञ्जको प्राविधिक सहयोगमा भएको निःशुल्क आँखा शिबिरमा १८० जनाले आँखा परीक्षण गराएको थिए भने ३९ जनामा मोतियाबिन्दु फेलापरेको गाउँपालिकाका शिक्षा प्रमुख जितेन्द्र चौहानले जनाउनुभएको छ ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष देबेन्द्र पटेल, वडा अध्यक्ष मनौवर अहमद, अबास मियाँ बन्दु साह तेली, गाउँपालिका शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, स्वास्थ्य केन्द्र प्रमुख संजय यादव, नारायण सुन्दर मंडल, डाक्टर दिपकराज बिष्ट, धिरजकुमार साह, किशोर यादव, रामप्रसाद यादवलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
निःशुल्क आँखा शिविरबाट स्थानीय बासिन्दाहरूलाई ठूलो राहत पुगेको बताइएको छ । विशेष गरी ग्रामीण क्षेत्रका नागरिकहरूको स्वास्थ्य सुविधामा पहुँच सहज भएको र स्वास्थ प्रबद्र्धनमा सहयोग पुगेको हो ।शिविरको आयोजना र व्यवस्थापनले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको महत्व र जनचेतनाको आवश्यकता झल्काएको छ । यो प्रयासले धेरैलाई उपचारका लागि सही दिशा देखाएको छ र स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।निशुल्क आँखा शिविर चेकजाँच मा निशुल्क औषधी पनि वितरण गरिएको थियोे । आँखा शिविरमा पहचान गरि निस्किएको मोतियाबिन्द बिरामीहरुलाई नारायणी आँखा अस्पताल वीरगञ्जमा शल्यक्रिया (अप्रेसन) गरिने आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply