कृपा संवाददाता
हेटौंडा, ३ मंसिर । हेटौंडा २ मा रहेको सिद्धार्थ माबिको अंग्रेजी माध्यमका विद्यार्थीहरुलाई ट्राफिक नियम बारे जानकारी गराइएको छ। हेटौंडा युवा अभियान र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम बारे सचेतना गराइएको अभियानका अध्यक्ष साकार शिवाकोटीले बताएका छन्।

 

 

विद्यालयमा अध्यनरत विद्यार्थीलाई ट्राफिक व्यवस्थापन,ट्राफिक चिन्ह र ट्राफिक नियमका जानकारी होस भन्ने उद्देश्यले ट्राफिक सचेतना प्रदान गरिएको विद्यालयका शिक्षक प्रकाश दुलालले जनाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रज काशि थापाले ट्राफिक नियम ,ट्राफिक व्यवस्थापनमा विद्यार्थीको भुमिकाको बारेमा सहजिकरण गरेका थिए।कार्यक्रममा विद्यालयमा कक्षा ९र१० मा अध्ययनरत करिब १५० जना विद्यार्थीको सहभागिता रहेको थियो।

Leave a Reply