राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकाको सहयोग र शिबु डेभलपमेन्ट एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा भएको किशोरीहरुलाई प्रजनन स्वस्थ्य सम्बन्धि ७ दिने तालिम मंगलवार समापन भएको छ ।धोबिनी गाउँपालिका वडा नम्बर ४ बखरीमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा संचालन भएको तालिम सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा स्थानिय जनप्रतिनिधि, उपमेयरको प्रतिनिधि श्यामकिशोर पटेल, वडा नम्बर ४ का वडा अध्यक्ष अबास मियाँ चुरिहार, वडा अध्यक्ष राजकिशोर पटेल, सामाजिक शाखा प्रमुख जितेन्द्र चौहान, सदस्य कमल ठाकुर, मदन सहनी, स्थानीय पारस पटेल, पनालाल साह कानु, कामिल देवान, लालजी साह तथा प्रशिक्षक सरस्वती खरेलले गर्नुभएको थियो ।किशोरीहरुको प्रजनन स्वास्थ्य सम्बन्धी तालिममा ४० जना किशोरीहरुको सहभागिता रहेको थिया


















