कलैया,विभिन्न मुद्दामा सजाय भइ फरार रहेका ४ जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट सजाय पाई फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।लुकिछिपी बस्दै गरेको अवस्थाबाट विभिन्न इकाई कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरुमा निजगढ– ९ बस्ने विष्णु श्रेष्ठ, कलैया उपमहानगरपालिका– २१ का बिल्टु महरा चमार, प्रसौनी– १ बस्ने नाबेद आलम मन्सुर र निजगढ– १२ का सूर्यबहादुर घलान रहेका बाराका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बारामा उपस्थित गराइएको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here