निजगढ,वर्षासंगै तीव्र गतिमा आएको हावाहुरीका कारण ढलेको रुखले थिचेर निजगढ नगरपालिका वडा नम्बर ८ खयरघारीमा स्थानीय अजय मलिकको घर भत्किएको छ ।
हुरीले घर नजिकै रहेको सिमलको रुख ढालेर थिचेपछि मलिकको एक तले कच्ची घरमा क्षति पुगेको निजगढ प्रहरीले जनाएको छ । हुरीले रुख ढलेर मलिकको घरमा क्षति पुगेपछि अन्य स्थानीयमा पनि त्रास फैलिएको छ ।

निजगढमा हिजो साँझ ४ः४५ बजेबाट तीव्र गतिको हावाहुरीसहित वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो । हावाहुरीका कारण हिजो पनि केरा, आँप र मकैबालीमा क्षेति पुगेको छ ।यसअघि गत सोमवार आएको हुरीले निजगढमा करोडौं मूल्य बराबरको केरा र मकै बालीमा क्षति पुगेको थियो । हिजो पनि हुरीले कृषिबालीमा क्षति पु¥याएपछि स्थानीय किसान थप मर्माहित बनेका छन । अघिल्ला वर्षहरुमा चैत्र महिना अन्त्यतिर र वैशाख÷जेष्ठ महिनामा मात्रै हुरी आउने गरेको भएपनि यो वर्ष चैत्र महिनाको पहिलो हप्तामा नै तीव्र गतिको हुरी आएको हो । हुरी चल्ने समय अझै बाँकी रहेकाले यो वर्ष केरा र मकैबालीमा ठूलो क्षति पुग्नसक्ने आशंकामा निजगढका किसानहरु चिन्तित बनेका छन ।

हुरीकै कारण निजगढमा करिव ४ घण्टा विद्युत सेवा समेत अवरुद्ध भएको थियो । पश्चिमी न्यूनचापीय प्रणाली पश्चिम र पूर्वी नेपाल हुँदै निजगढ आइपुगेपछि मौसममा अचानक परिवर्तन देखिएको हो ।

Leave a Reply