काठमाडौँ। फिफा विश्वकप विजेता इटालीका पूर्वकप्तान तथा गोलरक्षक नियानलुफि बफर नेपाल आइपुगेका छन्। विश्वकै उत्कृष्ट गोलरक्षकहरूमध्ये एक मानिने बफन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा नेपाल आएका हुन्।
आयोजक राष्टिय युवा सघं का अनुसार उनी आइतबार बिहान टर्किस एयरमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तराष्टिय बिमानस्थल मा अवतरण गरेका हुन्।
केपी ओली कपको तेस्रो संस्करण फागुन १९ गतेसम्म सञ्चालन हुनेछ। उक्त प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न बफन नेपाल आएका हुन्।
उनको उपस्थितिले प्रतियोगिताको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।



















