काठमाण्डौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कानून कार्यान्वयनको ढिलासुस्ती हटाएर छिटो बनाउन र सरकारले आफ्नो हितका लागि नभएर देशको हितका लागि अध्यादेश ल्याएको दावी गर्नुभएको छ ।शनिवार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले देशको विकास, शान्ति सुरक्षा र अमन चैनका लागि अध्यादेश ल्याएको दावी गर्नुभएको हो । उहाँले ६ वटा अध्यादेशले २९ वटा कानुन संशोधन गर्ने बताउनुभयो ।
उहाँले कानूनका कमी, कानून कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गर्नुभएको छ । उहाँले कानून कार्यान्वयनको उल्झनका कारण नागरिकमा वितृष्णा पैदा हुने गरेको बताउनुभयो । उहाँले कानूनका जटिलता र कानून कार्यान्वयनका ढिलासुस्ती तथा उल्झन हटाउन अध्यादेश ल्याइएको बताउनुभएको छ ।
देशको हित, विकास, शान्ति सुरक्षा, अमन चयनका लागि अध्यादेश ल्याइएको उहाँको भनाई थियो ।