काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवा लामो समयपछि राजनीतिक कार्यक्रममा सार्वजनिक रूपमा देखिएकी छन् ।

जेनजी आन्दोलनपछि राजनीतिक गतिविधिमा सक्रिय रूपमा नदेखिएकी राणा बुधबार हङकङमा आयोजित नेपाली जनसम्पर्क समितिको अधिवेशनमा सहभागी भएकी हुन् । उक्त अधिवेशन देउवा पक्षले आयोजना गरेको थियो ।

पूर्वपरराष्ट्रमन्त्री राणा चुनावअघि भारत हुँदै सिंगापुर पुगेकी थिइन् । उनी सिंगापुर पुग्नुअघि नै पूर्वसभापति देउवा फागुन १३ गते त्यहाँ पुगेका थिए । स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती गत चैतमा हङकङ पुगेका थिए ।

राणालाई हङकङमै छोडेर देउवा गत साउन २८ गते नेपाल फर्किएका थिए । त्यसयता राणा सार्वजनिक राजनीतिक कार्यक्रममा देखिएकी थिइनन् ।

देउवा पक्षका नेता किरण पौडेलले बुधबार हङकङमा नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भएको र उक्त कार्यक्रममा राणा सहभागी भएको जानकारी दिएका छन् ।

यसैबीच, देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म नेपाली कांग्रेसको महाधिवेशन गर्ने तयारी गरेको छ ।

Leave a Reply