कलैया,समाजिक परिवर्तन केन्द्र काठमाडौको आयोजनामा संवादमार्फत द्धन्द रुपान्तरण विषयक तीन दिने तालिम बाराको बरेवा दरबार होटल कलैयामा मंगलवारदेखि शुरु भएको छ ।तीन दिनसम्म चल्ने उक्त तालिममा कलैया उपमहानगरपालिका र फेटा गाँउपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता, समाजिक अगुवा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि गरि जम्मा २५ जनाको सहभागिता रहेको छ ।सो तालिममा अपाङ्गता भएका व्यक्ति २ जना, महिला १४ जना तथा अन्य पुरुषहरुको सहभागिता रहेको छ । तालिमका प्रमुख प्रशिक्षक त्रिभुवन विश्वविद्यालयका शान्ति र द्धन्द्ध विषयका प्रोफेसर चिरन्जीवी भण्डारी, अधिवक्ता अजयकुमार स्वर्णकार तथा समाजिक परिवर्तन केन्द्र काठमाडौका अध्यक्ष पवन राय रहेका छन ।समाजमा भएका विभिन्न चरणका द्धन्दहरुको विश्लेषण, पहिचान गरी कारण पत्ता लगाउने तथा त्यसको सवांदमार्फत कसरी समाधन गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको तालिममा स्थानीय स्तरमा द्धन्दलाई हेर्ने दृष्टिकोण तथा समाधानका तौरतरिकाबारे पनि गहन छलफल भएको कार्यक्रममा सहभागित अपाङ्गता भएका महिला रंजिता साहले बताउनुभयो ।त्यस्तै समुदायमा हुने गरेका सानातिना झैझगडा तथा नेपालको संविधानले सुचिकृत गरेको स्थानीय विवादका विषयमा न्यायिक समितिमार्फत धेरै द्धन्दहरु समाधान गर्न सकिन्छ तर पालिकाहरुमा न्यायिक समिति सक्रिय नहुँदा जनताहरुलाई न्यायको लागि जिल्लास्थित प्रहरी कार्यालय तथा अदालत जानु पर्ने बाध्यता रहेकोले पनि जिल्ला प्रहरी कार्यालय र अदालतमा धेरै भिड हुने गरेको कुरा तालिममा सहभागी संजय मेहताले बताउनुभयो ।तालिमका सहभागिहरुले समाजमा विभिन्न किसिमका द्धन्दहरुमा सहजीकरण कलाको विकास गरी द्धन्दलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भई समाजमा नै समस्याको समाधान हुन सक्ने द्धन्दलाई व्यस्थित रुपमा समाधान गर्न वा छलफल, मेलमिलाप, वार्ता वा संवादमार्फत कसरी समाधन गर्न सकिन्छ भन्ने विषयमा सैद्धाान्तिक तथा व्यवहारिक विषयमा ज्ञान वृद्धि गर्ने तथा सहजीकरण सीपमा निखार ल्याउने आशा रहेको समाजिक परिवर्तन केन्द्र बाराका फिल्ड अफिसर विक्की महतोले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here