बैतडी । बैतडी जिल्ला अदालतमा कार्यरत एक प्रहरी जवान आफ्नै ब्यारेकको कोठामा मृत अवस्थामा फेला परेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका–४ घर भएका प्रहरी जवान भुपेन्द्रराम पार्की मंगलबार राति अदालत परिसरमा रहेको प्रहरी ब्यारेकको आफ्नै कोठामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार ड्युटी सकेर ब्यारेक फर्किएका पार्की कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार उनको शवको पोस्टमार्टमपछि आफन्तले बुझिसकेका छन् ।

घटनाको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् ।

Leave a Reply