निजगढ,इलाका प्रहरी कार्यालय निजगढले लागूऔषध गाँजासहित निजगढको रतनपुरीबाट बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका वडा नम्बर–१२ रामथली टोलका ६२ वर्षीय शेरबहादुर जिम्बालाई ५ केजी अवैध गाँजासहित प्रहरीले पक्राउ गरेको हो । रतनपुर तामागढी सडकखण्डस्थित जंगलमा गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिम्बाले पिठ्यूँमा बोकेको कालो रंगको झोलाभित्र बोरमा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो । रामथलीबाट पैदल हिडेर निजगढतर्फ आउदै गरेको अवस्थामा झोलामा गाँजा ल्याउदै गरेको अवस्थामा बिहान ७.३० बजे जिम्मालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । जिम्बामाथि बारा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको निरीक्षक चौधरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here