बसन्त लामा
सिगौल,प्रथम भोलनटार नकआउट फुटवल प्रतियोगिताको उपाधि रौतहटको चन्द्रपुर नगरपालिकाको एफसि युवाक्लव गैडाटारले हात पारेकोछ ।भोलनटारको फुटवल मैदानमा बुधवार भएको खेलमा एफसि क्लव गैडाटार निजगढ १२ को फ्याफुल्ला डम्मरपुरलाई ३÷१ ले पराजित गर्दै उपाधि हात पारेको हो ।एफसि गैडाटारले उपाधिसंगै नगद २० हजार सहित ट्रफी जितेको छ भने उपविजेता फ्याफुल्लाले नगद १० हजार र ट्रफीमा चित्त बुझाएकोछ ।फाइनल खेलको समापन कार्यक्रममा प्रमुख अतिथथि चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा, विशिष्ट अतिथिको रुपमा समाजसेवी राजु धामी, गोबिन्द तिम्लसिना, रितबहादुर राई, आशिष् जिम्बा, वीरबहादुर स्याङतान र सुकमान वाइवा लगायतको उपस्थिति रहेको थियो ।गत असोज ३० गतेबाट सुरु भएको सो प्रतियोगितामा रौतहट र बारा जिल्लाका गरी २६ वटा क्लबले प्रतिस्पर्धा गरेका थिए ।


















