निजगढ,मानसिक सन्तुलन गुमाएका एकजना पुरुषले धारिलो हतियार प्रयोग गरी निजगढ नगरपालिका वडा नम्बर १० लाल गाउँमा एकजना बालकलाई घाइते बनाएका छन ।

लालस्थित आफन्तको घरमा बस्दै आएका बकैया गाउँपालिका वडा नम्बर १ का कान्छामान बोम्जनको १२ वर्षीय छोरा रोशन बोम्जनमाथि आइतवार बिहान कारिब ४ बजेको समयमा धारिलो हतियारले टाउकोमा प्रहार गरी घाइते बनाइएको हो ।

मकवानपुर जिल्ला गढी गाउँपलिका वडा नम्बर १ घर बताउने अन्दाजी वर्ष ३८ का सुमन थिङले आइतवार बिहान ४ बजे घरको कोठमा प्रवेश गरी बोम्जनलाई धारिलो हतियारले प्रहार गरेर घाइते तुल्याएको प्रहरीले बताएको छ । धारिलो खुर्पाले शरीरका विभिन्न भागमा जथाभावी प्रहार गर्दा बोम्जनको टाउको, पेट र छातीमा चोट लागेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संन्जिब ओलीले जानकारी दिनुभयो ।

गर्मीका कारण बोम्जन बाहेक घरका अन्य मानिसहरु घरबाहिर सुतिरहेको अवस्थामा खुर्पाले घाँटी रेट्ने प्रयास भएको र बालकले प्रतिकार गर्दै हारगुहार मागेपछि परिवारका सदस्य र स्थानीयले थिङ्गलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

बालकको हाल निजगढ ८ स्थित निजगढ नेशनल हस्पिटलमा उपचारपछि थप उपचारको लागि हेटौडा पठाइएको छ ।

मानसिक अवस्था ठिन नभएका थिङ्गलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here