काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ। बुधबार एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ।
तिहारयता सुनको मूल्य प्रतितोला २३ हजार ४ सय रुपैयाँले घटिसकेको छ। तिहारअघि सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। मंगलबार ३ हजार ४९० रुपैयाँ रहेको चाँदी बुधबार घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।















