रौतहट,
राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि रौतहटका ७३ वटा सामुदायिक विद्यालय छनोट भएको छ । विद्यालयको स्तरोन्नती गर्न सरकारले ल्याएको सो कार्यक्रम अन्तर्गत जिल्लाका १८ स्थानीय तहका ७३ वटा विद्यालय छनोट भएको हो ।
जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवन निर्माणका लागि २१ वटा विद्यालय छनोट भएका छन् ।
सो बाहेक दुई कोठे भवन निर्माणका लागि ३१ वटा र आइसिटी स्थापनाका लागि २१ वटा विद्यालय छनोट भएका छन् ।
छनोट भएका विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि प्रति विद्यालय ४५ लाख अनुदान पाउने भएका छन् । सो बाहेक दुई कोठे भवन निर्माणका लागि प्रति विद्यालय २२ लाख ५० हजार र आइसिटी स्थापनाका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।
चालु वर्ष आइसिटी कार्यक्रमका लागि मात्रै २१ विद्यालय छनोट भएका छन् । जिल्लाको ईशनाथ नगरपालिकामा २ कोठे भवन २ वटा,४ कोठे भवन १ वटा ,आईसिटि वटा १ ,कटहरिया नगरपालिकामा ४ कोठे २ वटा ,२ कोठे २ वटा,आईसिटि १ वटा,गढिमाईमा ४ कोठे १ वटा,२ कोठे १ वटा,गरूडामा २ कोठे २ वटा,४ कोठे २ वटा,आईसिटि २ वटा,गुजरामा ४ कोठे १ वटा,२ कोठे २ वटा,आईसिटि १ वटा,गौर नगरपालिकामा ४ कोठे २ वटा,२ कोठे १ वटा,चन्द्रपुर नगरपालिकामा ४ कोठे १ वटा,२ कोठे ४ वटा छनौट भएका छन् ।
त्यस्तै दुर्गाभगवती गाउँपालिकामा २ कोठे २ वटा,आईसिटि २ वटा, देवाहीगोनाही नगरपालिकामा ४ कोठे १ वटा,२ कोठे २ वटा,आईसिटि २ वटा,परोहामा ४ कोठे १ वटा,२ कोठे १ वटा,आईसिटि २ वटा,फतुवा विजयपुरमा ४ कोठे १ वटा,
२ कोठे १ वटा,आईसिटि २ वटा ,बौधिमाई नपामा ४ कोठे १ वटा,२ कोठे १ वटा,माधवनारायणमा ४ कोठे २ वटा,२ कोठे १ वटा,आईसिटि १ वटा,मौलापुरमा ४ कोठे १ वटा, २ कोठे २ वटा,आईसिटि १ वटा ,यमुनामाइ गाउँपालिकामा ४ कोठे १ वटा,२ कोठे १ वटा, आईसिटि २ वटा,राजदेवीमा २ कोठे ३ वटा, आईसिटि २ वटा,राजपुरमा ४ कोठे २ वटा, २ कोठे २ वटा,आईसिटि २ वटा र बृन्दावन नगरपालिकामा ४ कोठे १ वटा,२ कोठे २ वटा भवन निर्माणका लागि विद्यालय छनोट भएका छन् ।
जिल्लामा छनोट भएका विद्यालयअनुसार कार्यक्रमका लागि यस वर्ष कुल १७ करोड ७९ लाख रुपैयाँ अनुदान आउने भएको छ ।

















