रौतहट,यमुनामाई गाउँपालिका वडा नम्बर ४ मा रहेको श्रीजनता माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि दुव्र्यवहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीय अभिभावक र प्रहरीबीच झडप भएको छ ।
विद्यालयका शिक्षक बिजय सिंहले कक्षा ५ मा अध्ययनरत एक बालिकालाई दुव्र्यवहार गरेको भन्दै विद्यालय घेर्न पुगेका स्थानीय र प्रहरीबीच बुधवार दिउसो झडप भएको हो । झडपमा प्रहरी र स्थानीयसमेत गरी आधा दर्जन घाइते भएका छन । शिक्षक सिंहलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

















