जियालाल चौधरी
कोल्हबी,बाराको कोल्हबीमा नगरपालिकामा सोमवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले खाद्य तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कोल्हवी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरन चौधरीको सभापतित्व र कोल्हबी नगरपालिकाका नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोल्हबी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीकुमार साह कलवार, वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष एवं होटल व्यवसायी रामप्रसाद प्रसाई, महासचिव श्म्भुकुमार साह, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारी, सशस्त्र प्रहरी बल बेश क्याम्प कोल्हबीका प्रमुख उमेश श्रेष्ठ लगायत खाद्य उद्योगी, व्यवसायी, किराना पसल व्यवसायी र होटल व्यवसायीहरुको सहभागिता रहेको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख नगर उपप्रमुख चौधरीले विगतमा चाडबाडको बेला आफूले नगरपालिकाको टोलीसहित बजार अनुगमन गर्ने क्रममा पसलहरुमा केही त्रुटी फेला पारेको र आगामी दिनमा व्यवसायीले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न र स्वस्थ खानेकुरामात्र बिक्री वितरण गर्न अनुरोध गर्नुभएको थियो ।उहाँले म्याद नाघेको खाद्यान्न सामग्री र औषधि बिक्री गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गर्ने पनि बताउनुभयो ।कोल्हबी नगरपालिका वडा नम्बर १ मा रहेको उद्योग वाणिज्य संघको सभा हलमा भएको सो कार्यक्रमको सञ्चालन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्ज पर्साका प्रमुख सुरेशकुमार सिंहले गर्नुभएको थियो ।

Leave a Reply