दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा बजारको नयाँ कार्यालय भवनको उद्धाटन भएको छ । करैयामाई गाउँपालिकाका पूर्वअध्यक्ष भुनेश्वर धामीले एक कार्यक्रमबीच रिबन काटेर कार्यालय भवनको उद्धाटन गर्नुभएको हो ।गाविसका पूर्वअध्यक्ष धामीले धार्मिक विधिअनुसार पूजापाठ गरी सो विद्यालयको कार्यालय भवनको उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदधिकारीहरु, विद्यालयका अभिभावक, विद्यालयका शिक्षक, स्थानीय समाजसेवी, वुद्विजीवी, विद्यार्थी र संञ्चारकर्मीलगायतको उपस्थिति रहेको विदालयका प्रधानाध्यापक उमेश चौधरीले जनकारी दिनुभयो । कार्यक्रम संञ्चालन विद्यालयका शिक्षक श्यामसुन्दर चौधरीले गर्नुभएको थियो ।



















