सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको कार्यशैलीबाट वडा अध्यक्षहरू असन्तुष्ट बन्न थालेको वडा अध्यक्ष सुनिल गुप्ताले बताउनुभएको छ ।नगरभित्र विकास निर्माण तथा अन्य कार्यमा नगरप्रमुख पौडेलले एकलौटी निर्णय गर्ने गरेकोभन्दै जीतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्ष गुप्ताले यस्तो आरोप लगाउनुभएको हो । गुप्ताले भन्नुभयो, ‘जनतामा गरेको प्रतिबद्धता पूरा गर्न लागिरहँदा नगरप्रमुखले सहमति र सहकार्यको साटो बहुमत सदस्यको साथ समेत नलिई कानुनको ठाडो उल्लंघन गरी एकलौटी ढंगबाट निर्णय गर्ने गर्नुभएको छ ।’

उहाँले कार्यापालिका सदस्यहरुको सहमतिमा कुनै निर्णय भए पनि नगरप्रमुख पौडेलले त्यस्तो निर्णय कार्यान्वयनमा आउन नदिएको बताउनुभएको छ । नगरप्रमुख राजन पौडेलको एकलौटी निर्णयको कारण अहिले उपमहानगर नै तहसनहस बनेको पत्रकार सम्मेलनमा वडाध्यक्ष गुप्ताले बताउनुभएको छ ।उपमहानगरमा विकासको गति बढाउनको लागि कार्यपालिका सदस्यदेखि लिएर वडाध्यक्ष मिलेर सर्वसहमतिले निर्णय गरेर अगाडि बढ्न समेत उहाँले नगरप्रमुख पौडेलसंग अनुरोध गर्नुभएको छ ।

Leave a Reply