बसन्त लामा

सिंगौल,निजगढ नगरपालिका वडा नम्बर २ भरतगंजस्थित स्वास्थ्य चौकीमा सोमवार एक दिने स्क्रिनिङ क्याम्प सम्पन्न भएकोछ ।निजगढ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने स्क्रिनिङ क्याम्प संचालन भएको हो । स्क्रिनिङ क्याम्पमा निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ का ७२ जना स्थानीयको खकार जाँचिएको थियो ।जाँच गरिएका अधिकांकको खकार सामान्य देखिएको भरतगंज स्वास्थ्य चौकीकी इन्चार्ज बिमला लामिछानेले जानकारी दिनुभयो ।स्क्रिनिङ क्याम्पमा निजगढ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामा, उपप्रमुख मणिश्वर घिमिरे, महिलो स्वास्थ्य स्वंवसेविका र वडामा रहेका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।निजगढ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा चैत्र १० गते बाट सुरु गरिएको स्क्रिनिङ क्याम्प मंगलवार सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभएकोछ ।

Leave a Reply