नेपालमा कुनै पनि व्यक्ति सार्वजनिक पदमा पुगेको खण्डमा घाँटी सुक्ने गरी कराउने गर्दछ, म भ्रष्टचार पनि गर्दिन र गर्न पनि दिन्न । तर समय बित्दै जाँदा ऊ नै सबैभन्दा बढी भ्रष्टचारी भएर निस्कने गर्दछ । प्रधानमन्त्री भएका व्यक्तिसम्मको कुरा गर्ने हो भने पनि एकाध बाहेक कोही चोखो देखिदैनन् । बाहालवला प्रधानमन्त्रीदेखि अन्य मन्त्रीहरुमाथि विभिन्न आरोप लागेपनि यसलाई जोगाउन नै लागिन्छ । हालै नेपालको दैनिक करोडौंको कारोबार हुने विमानस्थनमा भ्रष्टचार भएको भन्ने खबर सार्वजनिक भएको छ ।
एकजना कर्मचारीका उपल्ला तहका व्यक्ति पनि पक्राउ परे अनि यसको सिधा कनेक्सन गृहमन्त्री रमेश लेखकतिर सोझियो तर गृहमन्त्रीले यसको जवाफ दिएपनि चित्त बुझाउने आधार छैनन् । तैपनि गृहमन्त्रीको स्पष्टीककण त आएकै छ । जो सुकै भएपनि कारबाही हुनुपर्दछ वा छानबिन पहिला हुनुपर्दछ तर यहाँ आफ्नो भएपछि छाडिन्छ । यो वा त्यो भन्ने नै छैन ।
सरकारमा जो भएपनि भ्रष्टचारको ढाकछोप नै हुन्छ । यो भन्ने नै छैन । सरकार बाहिर रहेको दलले ठूला कुरा गरेपनि उसको पनि हर्कत जनता माझ छर्लंग नै छ । पानीमाथिको ओभानो मात्रै ऊ बन्ने हो । त्यसैले पनि सरकारबाट नै भ्रष्टचारको ढाकछोप भएपछि कसरी देशमा सुशासन होला त ?















