कृपा संवाददाता
निजगढ, २४ कार्तिक । निजगढ नगरपालिका वडा नं ३ स्थित टासिधार्गेलिगं बौद्ध गुम्बा मेलामा हिजो दोश्रो दिन पनि विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। हिजोको कार्यक्रममा चर्चित साँगितिक समुह भिमफेदि गाईज ,गायक प्रतिक ब्लोन,तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष बु्द्धसिं लामाले जानकारी दिनुभयो ।
मेलाको निजगढ नगरपालिकाकि उपप्रमुख लिलादेवी लामिछानेले शनिबार साझ उदघाटन गर्नुभएको थियो । मेला व्यवस्थापन समितिका अध्यक्ष बु्द्धसिं लामाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा निजगढ नगरपालिका वडा नं ३ का अध्यक्ष जितबहादुर लामा, नेकपाप्रदेश २ सदस्य रविराज दंगाल,नेकपा जिल्ला कमिटि सदस्य बेनिबहादुर मोक्तान ,कुमार लामा, युवासंघ जिल्ला सदस्य तिलक घलान, उपप्रमुख लामिछानेको स्वकिय सचिव थानेश्वर सापकोटा, राष्ट्रिय तेक्वान्डो खेलाडि यानकुमारि चौंलागाईं, नेकपा पुर्व जिल्ला कमिटि सदस्य गणेश लामा पत्रकार, सुरक्षाकर्मि, तथा स्थानिय बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो ।
उदघाटन कार्यक्रममा बोल्दै उपप्रमुख लामिछानेले मेलाले आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग गर्ने र स्थानीयको आय आर्जनमा समेत टेवा पुग्ने बताउनुभयो । मेलामा जुवा तास खेल्ने र मादक पदार्थ सेवन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने पनि उप्रप्रमुख खनालले बताउनुभयो । उदघाटन कार्यक्रमको संचालन रेडियो निजगढकी समाचार बाचिका सुमित्रा लामाले गर्नुभएको थियो ।
गुम्बा परिसरमा हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन तमाè समुदायले आफ्नो पितृहरुको सम्झनामा बत्ती बाल्ने अवसरमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित मेला लाग्दै आएको छ । मेलामा पुष्पकला केन्द्र भक्तपुरका कलाकार , गायक सुरेश लामा,अनिष योंजन लगायतका कलाकारहरुले शनिबार दर्शकहरुलाई मनोरंजन प्रदान गरेका थिए ।
यस वर्षको मेलामा प्रथम नेपाल आइडल बन्न सफल बु्द्ध लामा,गायिका सृजना खत्री, चर्चित हास्य कलाकार बुद्धि तामाङ्ग र रेशम फिरिरीलगायत राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने मेला व्यवस्थापन समितिले जनाएको छ । मेला कार्तिक २६ गतेसम्म लाग्ने आयोजकले जनाएको छ ।