कलैया । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले सबस्टेसनको मर्मत तथा सुधार कार्यका लागि आज कात्तिक १५ गते विद्युत आपूर्ति बन्द गर्ने भएको छ ।
वितरण केन्द्रका अनुसार कलैया सबस्टेसनमा नयाँ स्विच जडान तथा आवश्यक मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि विद्युत सेवा अवरुद्ध गर्न लागिएको हो ।
यस क्रममा कलैया उपमहानगरपालिका क्षेत्रअन्तर्गत नगरपालिका फिडर र रामपुर फिडरबाट हुने विद्युत आपूर्ति पूर्ण रूपमा बन्द रहने जनाइएको छ ।
मर्मत तथा जडान कार्यका कारण वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
निर्धारित समयमा काम सम्पन्न गरी सकेसम्म छिटो विद्युत आपूर्ति पुनः सञ्चालनमा ल्याइने कलैया वितरण केन्द्रले जानकारी दिएको छ ।

















