राजन कुमार बनिया

पोखरिया,पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर ५ निचुटा मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका जयनाथ सिंहका १६ वर्षिय छोरा राहुलकुमार सिंह रहेका छन ।बिहीवार बिहान निचुटाबाट देउरिया आउने क्रममा मृतक सिंह आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घंटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।मृकतकको शवको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागी वीरगञ्जस्थित नारायणी अस्पताल पठाईएको छ भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखिएको प्रहरी निरीक्षक केशरीले बताउनुभयो ।



















