जापान । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन भने हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० का अनुसार भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सु सहरबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो ।

करिब ३५२ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको उक्त भूकम्पको धक्का सु सहर आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।

युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) को वेबसाइटमा स्थानीय बासिन्दाले भूकम्पको धक्का लामो समयसम्म महसुस भएको जानकारी दिएका छन् ।

स्थानीयका अनुसार सुरुमा हल्का कम्पन महसुस भएको थियो । त्यसपछि भूकम्पको धक्का क्रमशः तीव्र हुँदै गएको थियो ।

भूकम्पपछि सम्भावित क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

Leave a Reply