सिमरा,जीतपुरसिमरा चेम्बर अफ कमर्सको नगर कमिटी गठन भएको छ ।
सिमरामा आइतवार भएको भेलाले चेम्बर अफ कमर्सको जीतपुरसिमरा नगर कमिटि गठन गरेको हो । भेलाले मनलाल श्रेष्ठ (राजु) को अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा शेख नसिम हुसेन, महासचिवमा आलिम हुसेन, सचिवमा दिपेन्द्र साह, सहसचिवमा विकास पाण्डे, कोषाध्यक्षमा निर्मला केसी र सहकोषाध्यक्षमा संतोष दाहाल चयन हुँनुभएको छ ।
व्यवसायिक हितको निम्ति गठन भएको चेम्बर अफ कमर्सले नगर स्तरीय तदर्थ समिति गठन गरेको चेम्बर अफ कमर्स बाराका अध्यक्ष रुपेश पोखरेलले जानकारी दिनुभयो । भेलामा जिल्ला अध्यक्ष पोखरेल, प्रदेश उपाध्यक्ष सीता केसी लगायतको उपस्थिति रहेको थियो ।
















