रौतहट,रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेगकोजंगलमा बस्दैआएको एउटा घाइते जङ्गली हात्तीको बिहीवार पशुचिकित्सकहरुको टोलीले जंगलमै पुगेर उपचार गरेको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाको टोलीले ‘एमगज’ नाम गरेको घाइते जङ्गली हात्तीको उपचार गरेको हो ।

दाँया खु«ट्टा सुन्निएर घाइते अवस्थामा विगत तीन महिनादेखि चन्द्रपुर नगरपालिकाको बस्ती नजिकको वन क्षेत्रमा डुल्दै आएको हात्तीको चिकित्सक टोलीले शल्यक्रियासहित उपचार गरेको हो । चन्द्रपुर नगरपालिका– २ स्थित हिलेखोलाको पोखरीडाँडाको महादेबस्थान सामुदायिक वन उपभोक्ता समुहको जङ्गलभित्र ट्याककोलाईज गरी बेहोस बनाएर घाइते हात्तीको उपचार गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाले बताउनुभयो ।चिकित्सकहरुले करिव आधा घण्टाभन्दा बढी समय लगाएर हात्तीको उपचार गरेका थिए । बेहोस तुल्याइएको सो हात्ती उपचार सकिएलगत्तै व्युँझिएको थियो ।

घाइते हात्ती बस्तिमा पसेर बाली खाने र आक्रमण समेत गर्ने गरेकोभन्दै स्थानीयले भने उक्त हात्तीलाई अन्यत्रै लगेर व्यवस्थापन गर्नुपर्ने माग गरेका थिए । तर राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक सडौलाले आफूहरुको काम हात्तीको उपचार मात्रै गर्ने भएको र व्यवस्थापनको जिम्मा लिन नसकिने बताउनुभएको थियो ।

Leave a Reply